नेपाल पक्ष राजीनामा दिने तयारीमा
प्रकासित मिति : २०७८ बैशाख ३०, बिहीबार १३:०९
प्रकासित समय : १३:०९
काठमाडौं,नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सांसद पदबाट राजीनामा दिन कानुनी परामर्श थालेका छन्।
आफ्नै निवास कोटेश्वरमा वरिष्ठ अधिवक्ता तथा बार एशोसियसनका पूर्वअध्यक्ष शम्भु थापा,बारका पूर्वउपाध्यक्ष टीकाराम भट्टराई र गोविन्द बन्दीसँग छलफल गरिरहेको नेपाल निकट स्रोतले बताएको छ।नेपाल पक्षका सांसदहरु राजीनामा दिने अन्तिम तयारीमा रहेका छन्।
यता,आजै प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले नेपालसहित चार नेताको कारवाही फुकुवा गर्ने निर्णय गरिसकेका छन्।