ओली र नेपालबीच भेटवार्ता तय

काठमाडौं,नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल बीच भेटवार्ता तय भएको छ। अध्यक्ष ओलीले टेलिफोन मार्फत भेटवार्ताका लागि प्रस्ताव राखेका थिए।ओलीको प्रस्तावमा नेता नेपाल सहमति भएको एक नेताले बताएका छन्। कहाँ भेट्ने भन्ने कुराकानी भइरहेको छ’, ती नेताले भने। आजै बिहान विष्णुप्रसाद पौडेलले नेता नेपालसँग भेटवार्ता गरेका थिए।

भेटका क्रममा पौडेलले राजीनामाले सरकार र पार्टी दुवै नजोगिने भएकाले छलफलमा बस्न प्रस्ताव राखेका थिए। तर नेपालले भने आफ्नो सर्त प्रस्ट भएको जवाफ दिएका थिए । नेता नेपालसँगको भेटपछि बालुवाटारमा ओलीले स्थायी कमिटी बैठक राखेका थिए ।बैठकले नेता नेपाल सहित चार नेता माथि गरिएको कारबाहीको निर्णय फिर्ता लिने निर्णय गरेको छ।

कारबाही फिर्ताको निर्णयले बातावरण सकारात्मक बनाएको स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे बताउँछन्।‘कुराकानी शुरु भएको छ । सकारात्मक परिणाम आउने आशा गरौं’, पाण्डेले भने । बालुवाटारमा बैठक बस्नुअगाडि ओलीले नेता नेपालसँग टेलिफोन वार्ता भएको थियो ।