फ्रेन्च कपको फाइनलमा पीएसजी

काठमाडौँ,पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च कपको फाइनलमा उक्लिएको छ। गएराति भएको खेलमा मोन्टपेलिएरलाई पेनाल्टी सुटआउटमा ६–५ ले हराउँदै पीएसजी फाइनलमा उक्लिएको हो।

निर्धारित समयमा २–२ गोलको बराबरी भएपछि खेल सिधै पेनाल्टी सुटआउटमा धकेलिएको थियो। खेलको १०औं मिनेटमा केलियन एमबाप्पेको गोलबाट पीएसजीले अग्रता लिएको थियो। ४५औं मिनेटमा गाइटान लाबोर्डेले गोल गर्दै मोन्टपेलियरलाई बराबरीमा ल्याए।

त्यसपछि ५०औं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीलाई खेलमा पुनः २-१को अग्रता दिलाए। तर,८३औं मिनेटमा एन्डी डिलर्टले गोल गर्दै खेललाई पेनाल्टी सुटआउटमा धकेलेका थिए।पेनाल्टी सुटआउटमा पीएसजीका एन्जल डी मारिया, नेयमार,जुलियन,लिन्ड्रो डानिल, मार्क्विन्होस,र मोइस किनले गोल गर्न सफल भए।

मोन्टपेलियरका तेजी,एन्डी डोलेर्ट,स्टेफी,मिहाइलो,लाबोर्डेले गोल गरे भने जुनियर साम्बिया गोल गर्न चुके।अब पीएसजीले उपाधिका मोनाको र भालियर्सबीचको विजेतासँग खेल्नेछ ।