एमाले स्थायी कमिटी बैठक जारी

काठमाडौँ,नेकपा एमालेको स्थायी कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको छ।एमालेका अध्यक्ष एवं काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा बिहीबार बिहान ९ बजेदेखि बैठक बालुवाटारमा जारी रहेको बताइएको छ।

प्रतिनिधि सभाबाट विश्वास गुमाएपछि ओलीले पहिलोपटक स्थायी कमिटी बैठक राखेका हुन्।आजको बैठकमा पार्टीमा असन्तुष्ट रहेका झलनाथ खनाल र माधव नेपाल पक्षका नेताहरू माथि गरिएको कारबाही फुकुवालगायत सरकार गठनका विकल्पबारे पनि छलफल हुने जनाइएको छ।

दुई वा दुई भन्दा बढी दल मिलेर बहुमतको आधारमा सरकार गठन गर्न राष्ट्रपतिले दिएको समयसीमा आज सकिंदै छ ।