जनमोर्चाले कृष्ण थापालाई दलको नेताबाट हटायो

पोखरा,पार्टी निर्णयानुसार विपक्षी दलको गठबन्धनलाई सरकार बनाउन हस्ताक्षर गर्न अस्वीकार गरेका गण्डकी प्रदेशका सांसद कृष्ण थापालाई राष्ट्रिय जनमोर्चाले संसदीय दलको नेताबाट पदमुक्त गरेको छ।

सचेतक पियारी थापाले प्रदेशसभा सदस्य थापालाई संसदीय दलको नेताबाट हटाएको पार्टीको निर्णय सभामुख नेत्रनाथ अधिकारीलाई जानकारी गराए।प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि दिएको समय आज अपरान्ह ४ बजेसम्म मात्र कायम छ । यदी तोकिएको समयभित्र नयाँ गठबन्धनका दलले हस्ताक्षर बुझाउन नसकेको अवस्थामा ठुलो दलको हैसियतमा पुनः पृथ्वीसुब्बा गुरुङ नै मुख्यमन्त्रीमा नियुक्त हुने छन्।

गण्डकी प्रदेशमा ६० जना प्रदेश सभा सदस्य रहेका छन् । जसमध्ये एमालेका २७ जना, कांग्रेसका १५ जना, माओवादी केन्द्रका १२ जना, जनमोर्चाका ३ जना जसपा २ र स्वतन्त्रबाट एक जना सांसद रहेका छन् । नयाँ सरकार गठनका लागि ३१ जना सांसदको आवश्यकता पर्छ ।