कर्णाली प्रदेशमा दुई मन्त्री थपिए

आवश्यक छलफलपछी सपथ ग्रहण

सुर्खेत,कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दुई मन्त्री थप्दै मंन्त्री मण्डल विस्तार गरेका छन्।नवनियुक्त मन्त्रीहरूमा रुकुमपश्चिमबाट निर्वाचित गोपाल शर्मा र सुर्खेतपश्चिमबाट निर्वाचित विन्दमान विष्ट रहेको मुख्यमन्त्रीनिकट स्रोतले बताएको छ।

‘उहाँहरु दुवै जना नियुक्त भइसक्नु भएको छ । एक आर्थिक मामिला तथा योजना र अर्को आन्तरिक मामिला तथा कानून मन्त्री बन्नु हुनेछ ’ स्रोत भन्छ, ‘आर्थिक मामिला तथा योजना मन्त्री विमला केसी र आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले आज बिहान बसेको मन्त्रि परिषदको बैठकमा राजीनामा दिनु भएको छ।’

मुख्यमन्त्री शाहीले दुवै मन्त्रीको राजीनामा स्वीकृत गरिसकेका छन्। प्रदेश प्रमुखको कार्यालयसँग आवश्यक सल्लाहपश्चात सपथग्रहणको कार्यक्रम तय हुने बताइएको छ।