ट्याक्सी दुर्घटनामा चालकसहित २ जनाको मृत्यु

बागलुङ, बागलुङमा ट्याक्सी दुर्घटनामा चालकसहित दुइ युवकको मृत्यु भएको छ । एकजना महिला घाइते भएकी छिन् ।पोखराबाट ढोरपाटन जाँदै गरेको ध १ ज ५२८ नम्बरको ट्याक्सी सोमबार बेलुकी ढोरपाटन नगरपालिका–५ प्याङखोलामा सडकदेखि तल खसेको थियो ।
दुर्घटनामा प्याङखोलाका ४० वर्षीय जोकबहादुर विक र ट्याक्सी चालक बडिगाड गाउँपालिका १ का ३५ वर्षीय ढालबहादुर थापाको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिवाङका निरीक्षक जयराम वन्तले बताए ।

विकको घटनास्थलमा र गम्भीर घाइते भएर उपचारका लागि अस्पताल लैजाने क्रममा थापाको मृत्यु भएको थियो । घटनामा मृतक विककी पत्नी ३८ वर्षकी रतिकला विक घाइते भएकी छिन् । उनको प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिवाङमा उपचार भइरहेको छ ।