गायक प्रकाश सपूत कोरोना संक्रमणमुक्त

काठमाडौंँ,गायक प्रकाश सपूतले कोरोनालाई जितेका छन् । मंगलबार सामाजिक सञ्जालमार्फत् आफु कोरोना संक्रमण मुक्त भएको जानकारी दिएका हुन्।उनले संसारभरिका नेपाली शुभेच्छुक शुभचिन्तकहरुको शुभेच्छा र हाम्रो उच्च आत्मबलले कोरोना पराजित भएको बताउँदै सबैलाई धन्यवादसमेत दिएका छन्।‘ना

ता र भावना ले जोडिएका आफन्त ईस्टमित्र एंव कलाकारीता मार्फत जोडिनुभएका संसारभरिका नेपाली शुभेच्छुक शुभचिन्तकहरुको शुभेच्छा र हाम्रो उच्च आत्मबलले कोराना पराजित भएको छ । भाई देबेन्द्र र म निको भएका छौ । विभिन्न माध्यमबाट शुभेच्छा प्रकट गर्नुहुने तपाई सबै सबै लाई धेरै धेरै धन्यबाद ।’ उनले फेसबुकमा लेखेका छन्।

सपुतले आफ्नो आमा भने अझै कोरोनासँग जुधिरहेको समेत बताएका छन्। ‘आमा पनी संक्रमित हुनुहुन्छ । बलियो आत्मविश्वासका साथ जुधिरहनुभएको छ । आमाले पनी कोरोना जित्नुहुनेछ । आज आमाको मुख हेर्ने दिन यसरी दुरी राखेरै भए पनी हामीले आमालाई माया र कृतज्ञ प्रकट गर्यौ । भावनात्मक हिसाबले यो तस्विर निकै पिडादायिक छ । सतर्कता अपनाएर संक्रमितलाई हौसला र आत्मबल प्रदान गरौ । सुरक्षित र सकरात्मक रहौ ।’ उनले भने ।

वैशाख १७ गते काठमाडौं मेडिकल कलेज ९केएमसी०मा पीसीआर परीक्षण गर्दा सपूतलाई संक्रमण पुष्टि भएको थियो ।