सरकार गठन गर्न प्रतिपक्षी दलहरु छलफलमा

काठमाडौं,राष्ट्रपतिले बहुमतको सरकार गठनको लागि आह्वान गरेपछि प्रतिपक्षी दलहरु छलफलमा जुटेका छन्।

मंगलबार दिउँसो नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा,नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच बुढानिलकण्ठमा छलफल भएको छ।तीन नेताबीच करिब एक घण्टा कुराकानी भएको स्रोतले बताएको छ । तर, के के विषयमा कुरा भएको खुलेको छैन।

छलफलमा कांग्रेसका तर्फबाट देउवासहित महामन्त्री पूर्णबहादुर खड्का र केन्द्रीय सदस्य रमेश लेखक पनि सहभागी रहेका थिए।सोमबार संसद्मा भएको मतदानमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वास गुमाएपछि नयाँ सरकार गठनको आह्वान भएको हो ।