गोरुको मासु बेचबिखन आरोपमा २ जना पक्राउ

झापा,गोरुको मासु बेचबिखन गरेको आरोपमा बिर्तामोड नगरपालिका ५ डेरा गरी बस्ने भारत घर भएका २५ वर्षीय महमद नसिम आलम र १८ वर्षीय किशोरलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ।

उनीहरुले कोठाभित्र गोरुको मासु बेचबिखन गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनीहरुलाई मासु काटी रहेको अवस्थामा १५ किलो ५ सय ग्राम गोरुको मासु सहित फेला पारी पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।