सुर्खेतमा खैरो हेरोइन सहित दुईजना पक्राउ

सुर्खेत,सुर्खेतमा खैरो हेरोइन सहित दुई जना पक्राउ परेका छन्। लेकबेशी नगरपालिका २ खहरेखोलाबाट प्रहरीले खैरो हेरोइन सहित दुई जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा गुर्भाकोट नगरपालिका १४ का २७ वर्षीय सुमन घर्ती र ३० वर्षीय ईन्द्र बहादुर गुरुङ रहेका छन्।उनीहरुको साथबाट ५ ग्राम ७ सय १० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको सुर्खेतका एसपी राजेन्द्र भट्टले बताएका छन्।

आइतबार साँझ ईलाका प्रहरी कार्यालय लेकबेशीबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो।उनीहरुविरुद्ध लागुऔषध नियन्त्रण ऐन अनुसार म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।