नयाँ सरकार गठनबारे छलफल गर्न देउवाले बोलाए बैठक

नेपाल पक्षलाई पनि निम्तो

काठमाडौँ,नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ सरकार गठनबारे छलफल गर्न बैठक बोलाएका छन्।सभापति देउवाले बुढानिलकण्ठस्थित निवासमा आज दिउँसो २ बजे नेकपा माओवादी केन्द्र,जनता समाजवादी पार्टी नेपाल जसपा लगायत दलहरूका शीर्ष नेतालाई छलफलका लागि बोलाएका हुन्।

छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने एमालेकै माधवकुमार नेपाल पक्षका नेतालाई समेत बोलाइएको स्रोतले जनाएको छ।सोमबार प्रतिनिधि सभामा विश्वासको मतका लागि प्रधानमन्त्री ओलीले पेश गरेको प्रस्तावमा ९३ मत मात्र खस्यो भने विपक्षमा १२४ मत खसेको थियो। २३२ सांसदहरु सहभागी भएको मतदानमा तटस्थमा भने १५ मत खसेको थियो। प्रधानमन्त्रीको आफूप्रति विश्वास छ भन्ने प्रस्ताव पारित हुन हाल कायम रहेको २७१ सदस्यको बहुमत अर्थात् १३६ मत गर्न आवश्यक हुन्थ्यो। बुहमत गुमाएसँगै ओली स्वतः पदमुक्त भएका छन्।

त्यसपछि कांग्रेसका सभापति देउवासहित नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले संयुक्त वक्तव्य जारी गर्दै राष्ट्रपतिलाई संविधानको धारा ७६ ९२० बमोजिम बहुमतको सरकारको आह्वान गर्न आग्रह गरेका थिए । त्यसलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले दुई वा दुईभन्दा बढी दलका समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रतिनिधिसभा सदस्यलाई प्रधानमन्त्रीका लागि दावी पेश गर्न आह्वान गरेकी थिइन्।

उक्त व्यवस्थानुसार अहिले विश्वासको मत नदिने १२४ लाई बहुमतका लागि थप १२ मत आवश्यक पर्छ । धारा ७६ को ९४० उपधारा ९२० वा ९३० बमोजिम नियुक्त प्रधानमन्त्रीले आफू नियुक्त भएको मितिले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्नेछ ।