आउनुस्,समस्या भए सँगै बसौँ, छलफल गरौँः प्रधानमंन्त्री ओली

काठमाडौं,प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले आन्तरिक मतभेद वा असन्तुष्टि आपसी छलफलबाट समाधान गर्न सकिने बताएका छन्। सोमबार बिहान सामाजिक सञ्जालमार्फत् उनले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदलाई संकेत गर्दै यस्तो बताएका हुन्।

‘यस्तो अवस्थामा आन्तरिक मतभेद वा असन्तुष्टि केही भए आपसी छलफलबाट समाधान गर्न सकिने नै छ। तसर्थ, हतारोमा कुनै पनि अनुचित निर्णयमा जान वाञ्छनीय नहुने कुरामा म सबै माननीयज्यूहरूको ध्यानाकर्षण गराउन चाहन्छु।आउनुस्, केही समस्या भए सँगै बसौं, छलफल गरौं र समाधान गरौँ।’ ओलीले ट्विटरमा लेखेका छन्।

नेपाल पक्षले आजको संसद बैठकमा नजाने निर्णय गरेको छ । उनीहरुले तत्काल राजीनामा नदिने पनि निर्णय गरेका छन् । आज ओलीले प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिदैँछन्।