नेपाल पक्षीय सांसदको बैठक सुरु

काठमाडौं,नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय सांसदको बैठक सिंहदरबारमा सुरु भएको छ । सोमबार बिहान सवा १० बजेदेखि सुरु भएको हो।

संसद सचिवालयको कोठा नम्बर ४११ मा सांसदबीच छलफल भइरहेको एक नेताले जानकारी दिए।नेपाल पक्षले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पार्टी एकता कायम राख्नका लागि भन्दै ६ बुँदे पत्र पठाएर आज बिहान ९ बजेसम्मको अल्टिमेटम दिएको थियो।

सो अल्टिमेटमबाट माग सम्बोधन नभएपछि खनाल नेपाल समूहका सांसदहरु राजीनामा दिने तयारीमा रहेका छन् ।