प्रधानमन्त्री ओलिलाई विश्वासको मत दिन सांसदलाई एमालेको ह्वीप

काठमाडौँ, नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेको छ ।एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले एमाले सांसदहरुलाई पत्र लेखी सोमबारको प्रतिनिधिसभा बैठकमा उपस्थित भई प्रधानमन्त्रीको विश्वासको मतको पक्षमा मत दिन आग्रह गरेका हुन् ।

संसद अधिवेशनको पूर्व सन्ध्यामा संसदीय दलको बैठक राखी सदस्यहरूको भनाइहरू सुन्न र घनीभूत छलफल गर्न प्रधानमन्त्री एवम् दलका नेता केपी शर्मा ओलीलाई तीव्र इच्छा हुँदाहुँदै पनि कोभिड १९ को कारण प्रतिकुल अवस्था उत्पन्न भएकोले भौतिक रुपमा बैठक बस्न सम्भव नभएको पत्रमा उल्लेख छ ।

पत्रमा प्रधानमन्त्रीको विश्वासको मतको प्रस्तावको पक्षमा मतदान गर्न सबै आफ्ना सांसदलाई ह्वीप जारी गरिएको छ ।

यस्तो छ पत्र