पौडेल,नेम्वाङ र नेपालको कुरा मिलेन

काठमाडौं,नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल,नेताहरु विष्णु पौडेल र सुवास नेम्वाङबीचको छलफल सकिएको छ।

सिंहदरबारमा भएको छलफलमा कुनै निष्कर्ष निष्कन नसकेको सुवास नेम्वाङले जानकारी दिएका छन्। तर,नेपालसँग सकारात्मक कुराकानी भएको उनले बताए ।बैठकपछि पत्रकारहरू कुरा गर्दै नेम्वाङले भने, ‘अहिले छलफल सकरात्मक भयो तर सहमति भएन।

अध्यक्ष ओली र नेपालबीच छलफल र टेलिफोन कुराकानीका आधारमा हामी छलफलमा बसेका हौं। कुनै निष्कर्ष निस्केको छैन।’अहिले नेता नेपालले आफू निकटका सांसदहरुसँग राजीनामाबारे छलफल गरिरहेका छन् ।