गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले दिए राजीनामा

पोखरा,गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन् ।

उनले प्रदेश प्रमुख सीता कुमारी पौडेललाई मुख्यमन्त्री पदबाट आइतबार राजिनामा बुझाएका हुन्। गुरुङविरुद्ध प्रदेशसभामा पेस भएको अविश्वास प्रस्तावउपर भोलि मतदान हुने कार्यसूची थियो ।

प्रदेश प्रमुख पौडेलले गुरुङको राजीनामा स्वीकृत पनि गरेकी छन् ।