नेपालमा थप ८८५० जनामा कोरोना पुष्टि

थप ५२ जनाको मृत्यु

काठमाडौँ,नेपालमा थप ८८५० जनामा कोरोना पुष्टि भएको छ ।

आज कोरोनाबाट थप ५२ जनाको मृत्यु भएको छ।आइतबार देशभर गरी ८८ हजार १६० जना सक्रिय संक्रमित रहेका छन्।

जसमध्ये ८१ हजार ४३० जना होम आइसोलेसनमा र ६ हजार ७३० जना संस्थागत आइसोलेसनमा रहेका छन् ।