नेपाल, पौडेल र नेम्वाङबीच छलफल जारी

काठमाडौं,नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग नेताहरु विष्णु पौडेल र सुवास नेम्वाङले अहिले छलफल गरिरहेका छन्।

सिंहदरबार संसद् सचिवालय पुगेका नेता नेपाललाई भेट्न उनीहरु बालुवाटारबाट त्यहीँ पुगेका हुन् । अहिले उनीहरुबीच छलफल भइरहेको एक नेताले जानकारी दिए।राजीनामाको तयारीमा रहेका नेता नेपाल र ओली पक्षीय नेताबीच एमाले जोगाउने अन्तिम कसरत स्वरुप छलफल भैरहेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिनिधि सभाबाट विश्वासको मत लिने बताइरहेका छन्। त्यसअघि सामूहिक राजीनामा दिने तयारीमा नेपाल पक्ष छ ।