जसपा शीर्ष नेताहरु भट्टराई निवासमा छलफल गर्दै
प्रकासित मिति : २०७८ बैशाख २६, आइतवार
प्रकासित समय : [nepaliTime]
काठमाडौं,जनता समाजवादी पार्टी जसपाको शीर्ष नेताहरु छलफलमा जुटेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि वैशाख २७ गते संसदमा विश्वासको मत माग्नुअघि पार्टीको रणनीति तय गर्न पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई निवास टोखामा नेताहरु छलफलमा जुटेका हुन् ।अध्यक्ष महन्थ ठाकुर,उपेन्द्र यादव,संघीय परिषद् अध्यक्ष डा भट्टराई,वरिष्ठ नेताहरु अशोक राई,राजेन्द्र महतो र राजेन्द्र श्रेष्ठ अहिले छलफलमा रहेको एक नेताले बताए ।
आइतबार मात्र ठाकुर र महतोले प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवालाई छुट्टाछुट्टै भेटवार्ता गरेका थिए। ओलीसँगको भेटमा जसपाले विश्वासको मत नदिने ठाकुर र महतोले बताएका थिए ।

