प्रहरीमाथि अभद्र व्यवहारको आरोपमा दुईजना पक्राउ

सुनसरी,प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले २ जना पक्राउ गरेको छ।ईनरुवा नगरपालिका ९ पोखरी चोकबाट प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा सोही नगरपालिका(१० जाल्पापुर बस्ने २६ वर्षीय नजाम मिया र २७ वर्षीय शम्शेर मिया रहेका छन्। अस्थाई प्रहरी पोष्ट सम्बला पोखरीबाट खटिएको प्रहरीले मास्क नलगाई हिँडडुल गरेका मानिसहरूलाई सम्झाई बुझाई गर्नेक्रममा उल्टै प्रहरीलाई गालीगलौज तथा हातपात गरेपछि उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।