लोकसेवा आयोगको अध्यक्षमा पूर्वसचिव रेग्मी सिफारिस

काठमाडौं,लोकसेवा आयोगको अध्यक्षमा पूर्वसचिव माधवप्रसाद रेग्मी सिफारिस भएका छन्।संवैधानिक परिषद्को आइतबार बसेको बैठकले रेग्मीको नाम सिफारिस गरेको हो।

लोक सेवा आयोगको अध्यक्षमा सचिव शिशिर कुमार ढुंगाना र रेग्मीको नाम प्रस्तावित थियो । तर, परिषद् बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगरका रेग्मीलाई नियुक्तिको सिफारिस गरेको हो।

रेग्मी झापा गौरादह–३ का निवासी हुन्। उनी कांग्रेस निकट मानिन्छन्।