लुम्बिनीका मुख्यमन्त्रीविरुद्ध पुनः अविश्वासको प्रस्ताव दर्ता

काठमाडौं,लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध पुनः अविश्वास प्रस्ताव दर्ता गरिएको छ।प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र,जसपा र राष्ट्रिय जनमोर्चाका सांसदहरूले पुनः अविश्वास प्रस्ताव दर्ता गराएका हुन्।

लुम्बिनी प्रदेशसभाको बैठक वैशाख १९ गते विशेष अधिवेशन बोलाएर अन्त्य भइसकेको छ। पोखरेलविरुद्ध यसअघि पनि अविश्वास प्रस्ताव दर्ता दर्ता भएको थियो । तर, राजीनामा दिएर एमालेको एकल बहुमतको दावीसहित उनी पुनस् मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

आफूहरुको पक्षमा बहुमत रहेको भन्दै चार दलले माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीलाई मुख्यमन्त्री बनाउनुपर्ने दाबी बैधानिक भएको बताउँदै आइरहेका छन् ।