ठाकुर र महतोले पनि प्रधानमंन्त्रीलाई विश्वासको मत नदिने

काठमाडौं,जनता समाजवादी पार्टी नेपाल जसपाका अध्यक्ष महन्थ ठाकुर तथा वरिष्ठ नेता राजेन्द्र महतोले विश्वासको मत दिन नसक्ने बताएका छन्।

आइतबार दिउँसो बालुवाटार पुगेका ठाकुर र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन नसक्ने बताएका हुन्।आफ्ना नेता तथा कार्यकर्तालाई लगाइएका मुद्दा फिर्ताबारे कुरा नमिलेपछि विश्वासको मत दिन नसक्ने बताएको एक नेताले जानकारी दिएका छन्।

यसअघि ठाकुर र महतोले बूढानीलकण्ठमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग करिब डेढ घण्टा भेटवार्ता गरेका थिए।जसपाकै अर्का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई भने पहिलेदेखि नै ओलीविरुद्धको नयाँ गठबन्धन बनाउने पक्षमा छन् ।