संवैधानिक परिषद्को बैठक सम्पन्न

विभिन्न आयोगमा नियुक्ति सिफारिस

काठमाडौँ,संवैधानिक परिषद्को बैठक सम्पन्न भएको छ।आइतबार परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा बालुवाटारमा बसेको बैठक विभिन्न संवैधानिक निकायमा नियुक्तिका लागि सिफारिस गरेर सम्पन्न भएको हो।

परिषद सदस्य तथा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाका अनुसार बैठकले रिक्त लोक सेवा आयोग,अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत विभिन्न संवैधानिक निकायमा नियुक्तिका लागि सिफारिस गरेको छ। सिफारिस गरेका नाम केहीबेरमा सार्वजनिक गरिनेछ।

आजको बैठकमा प्रधानमन्त्री ओलीसहित राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र प्रधानन्यायाशीश चोलेन्द्र शमशेर जवरा सहभागी थिए । सभामुख अग्निप्रसाद सापकोटा र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भने बैठक बहिस्कार गरेका थिए ।