सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक

काठमाडौँ,सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्। आइतबार दिउँसो १ बजे संघीय संसद भवन नयाँ वानेश्वरमा बस्नेगरी बैठक बोलाइएको हो।

सोमबारको संसद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली विश्वासको मत लिँदैछन् । उक्त बैठकको तयारीका लागि सभामुख सापकोटाले कार्यव्यवस्था परामर्श समिति बैठक बोलाएका हन्।