संवैधानिक परिषद्को बैठक स्थगित गर्नुपर्छः माओवादी केन्द्र

काठमाडौं,नेकपा माओवादी केन्द्रले संवैधानिक परिषदको बैठक स्थगित गर्न आग्रह गरेको छ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिबार वक्तव्य जारी गर्दै प्रमुख प्रतिपक्षका नेता तथा सभामुखले भाग नलिने निर्णय गरिसकेको स्थितिमा बैठक स्थगित गर्न सरकारलाई आग्रह गरेका हुन्।उनले सो बैठकमा नजान अरु सदस्यहरुलाई अपील गरेका छन्।‘संवैधानिक संरचनाको गरिमा समाप्त पार्ने मनसायको त्यस्तो बैठकमा सहभागी नहुन संवैधानिक परिषद्का सबै सदस्यहरुसँग हाम्रो पार्टी हार्दिक अनुरोध गर्दछ।’ जारी विज्ञप्तीमा भनिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि परिषद्को बैठक बेलाएका छन्।सो बैठकमा सभामुख अग्निप्रसाद सापकोटा र प्रमुख विपक्षी दलका नेता शेबरहादुर देउवाले नजाने बताइसकेका छन्।