संघीय संसदका १९ सांसदलाई कोरोना पुष्टि

काठमाडौं,संघीय संसदका १९ जना सांसदलाई कोरोना पुष्टि भएको छ।

वैशाख २२, २३ र २४ गते सांसद तथा कर्मचारीहरुको पीसीआर परीक्षण गर्दा १९ जना सांसदसहित १६० जनाको रिपोर्ट पोजेटिभ आएको छ । जसमा एक जना राष्ट्रियसभा सदस्य र १८ जना प्रतिनिधिसभा सदस्य छन्।

अन्य संक्रमित हुनेमा संसदका कर्मचारी, मर्यादापालक, स्वकिय सचिव, सुरक्षाकर्मी, संसदीय मामिला पत्रकार छन्।