काँग्रेसद्वारा संवैधानिक परिषद्को बैठक बहिस्कार

काठमाडौं,नेपाली काँग्रेसले संवैधानिक परिषद्को बैठक बहिस्कार गरेको छ।शनिबार काँग्रेस सभापति शेरबहादुर देउवाले एक विज्ञप्ति जारी गर्दै संवैधानिक परिषद् सम्वन्धि ऐनमा अध्यादेश मार्फत संशोधन गर्ने सरकारको काम संविधानको भावना विपरित,संसदीय मुल्य,मान्यता प्रतिकुल र लोकतान्त्रिक अभ्यासमा समेत प्रहार हुने भएको हुँदा उक्त बैठकमा भाग नलिने जनाएका छन्।

उनले परिषद्का अन्य सबै सदस्यहरुलाई समेत बैठकमा नजान आव्हान गरेका छन्।‘नेपाली कांग्रेस संविधानको मुल मर्ममा प्रहार गरि संवैधानिक संरचनालाइ नै भत्काउने गरी अध्यादेश जारी गरेको अवस्थामा संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्ष दलको नेताको हैसियतले भाग नलिने स्पष्ट गर्न चाहन्छ।’

विज्ञप्तीमा भनिएको छ,‘संवैधानिक परिषद् सम्वन्धि ऐनमा अध्यादेश मार्फत संशोधन गर्ने सरकारको काम संविधानको भावना विपरित,संसदीय मुल्य,मान्यता प्रतिकुल र लोकतान्त्रिक अभ्यासमा समेत प्रहार हुने भएको हुदा उक्त बैठकमा भाग नलिन परिषद्का अन्य सबै सदस्यहरुलाई समेत आव्हान गर्दछु ।’

लोकतान्त्रिक पद्धतिमा संविधान बमोजिम संवैधानिक निकायहरुले सरकारको काम कारवाहीको समेत अनुगमन अनुसन्धान गर्ने भएको हुँदा यी निकाय अनिवार्य रूपले स्वतन्त्र र निष्पक्ष हुनुपर्ने कांग्रेसको भनाई छ ।