कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं,प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्ने भएको छ।यही वैशाख २७ गतेको विशेष अधिवेशन बैठकमा पार्टीको तयारी लगायतका विषयमा छलफल गर्न कांग्रेस संसदीय दलको बैठक बोलाइएको हो । बैठक शनिबार दिउँसो दुई बजे संघीय संसद भवन,बानेश्वरस्थित ल्होत्से हलमा बस्ने भएको छ।

प्रतिनिधिसभाको आगामी बैठकका सन्दर्भमा पार्टीको रणनीति तय गर्ने, पार्टीको निर्णयअनुसार छलफल तथा सांसदलाई निर्देशन गर्नेलगायत विषयको कार्यसूचि रहेको कांग्रेस संसदीय दलको कार्यालयले जनाएको छ।कांग्रेसका पदाधिकारी र पूर्व पदाधिकारीको मंगलबार बसेको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वासको मतलाई असफल बनाउने निर्णय गरेको थियो।

प्रतिनिधिसभाको वैशाख २७ गतेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने तयारी गरेका छन् ।