रसियन खोप आयात गर्न अनुमति

काठमाडौं,औषधि व्यवस्था विभागले रसियन खोप आयातका लागि अनुमति दिएको छ । विभागले लोमस फर्मालाई खोप आयातको अनुमति दिएको हो।

नेपालमा ५० लाख डोज रसियन खोप ‘स्पुतनिक भी’ ल्याउने प्रक्रिया चलिरहेको छ । यो खोप आयात गर्ने कम्पनीले १० प्रतिशत भन्दा बढी मुनाफा लिन नपाउने विभागले जनाएको छ।स्पुतनिक भी खोप ९२ प्रतिशत बढी प्रभावकारी भएको बताइएको छ।

विभागले यसअघि बुधबार कोभिसिल्ड खोप आयातका लागि हुकम डिस्टिब्युटर्स र कोभ्याक्सिन ल्याउन इमराल्ड फर्मालाई आयात अनुमति दिएको थियो ।