राष्ट्रियसभामा नेमकिपाका तामाङको पनि उम्मेदवारी दर्ता

हेटौंडा,राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनमा नेपाल मजदुर किसान पार्टीका तर्फबाट कृष्णबहादुर तामाङले पनि उम्मेदवारी दर्ता गराएका छन्।

बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाई प्रस्तावक र सृजना सैँजु समर्थक रही तामाङले उम्मेदवारी दर्ता गराएका हुन्।नेकपा एमालेबाट गृहमन्त्री रामबहादुर थापा र प्रतिपक्षी गठबन्धनबाट पनि एमालेकै माधव नेपाल समूहका डाक्टर खिमलाल देवकोटाले उम्मेदवारी दर्ता गराएका छन्।

गृहमन्त्री थापा पार्टी परित्याग गरी एमालेमा गएपछि माओवादी केन्द्रले कारबाही गरेपछि यो पद रिक्त भएको हो । उपनिर्वाचन आगामी जेठ ६ गतेलाई तोकिएको छ ।