बादलको पनि गराए उम्मेदवारी दर्ता

प्रस्तावक मुख्यमन्त्री पौडेल

काठमाडौं,वाग्मती प्रदेशमा राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि नेकपा एमालेबाट रामबहादुर थापा बादलले उम्मेदवारी दर्ता गरेका छन्।हेलिकप्टर चढेर हेटौँडा पुगेका बादलले शुक्रबार प्रदेश निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन्।

बादलको प्रस्तावक वागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेल बसेका छन्। समर्थकमा सामाजिक विकासमन्त्री सरस्वती बस्नेत बसेकी छन्।यसअघि डा खिमलाल देवकोटाले उम्मेदवारी दर्ता गरिसकेका छन्।

विपक्षी दल नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, एमालेको नेपाल पक्ष र जसपाको उपेन्द्र यादव पक्षबाट साझा उम्मेदवारका रुपमा देवकोटाले उम्मेदवारी दर्ता गराएका हुन्।