राष्ट्रियसभा सदस्यमा डा देवकोटाको उम्मेदवारी दर्ता

काठमाडौं,राष्ट्रिय सभाको सदस्य पदमा डा खिमलाल देवकोटाले उम्मेदवारी दर्ता गरेका छन्।

विपक्षी दल नेपाली काँग्रेस,नेकपा माओवादी केन्द्र,एमालेको नेपाल पक्ष र जसपाको उपेन्द्र यादव पक्षबाट साझा उम्मेदवारका रुपमा देवकोटाले शुक्रबार प्रदेश निर्वाचन कार्यालय हेटौंडामा उम्मेदवारी दर्ता गराएका हुन्।

देवकोटाको मनोनयन दर्ताका लागि नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँलगायतका नेताहरु निर्वाचन कार्यालयमा पुगेका थिए।नेकपा एमालेको तर्फबाट गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले उम्मेदवारी दिने भएका छन्।

त्यसका लागि उनी हेलिकप्टर चढेर काठमाडौंबाट हेटौंडातर्फ लागसिकेका छन्।