वीरेन्द्रनगर नगरपालिकाद्धारा २५ शय्याको कोरोना अस्पताल शुभारम्भ

सुर्खेत,सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले २५ शय्याको कोरोना अस्पताल संचालनमा ल्याएको छ। शुक्रबार वीरेन्द्रनगरममा रहेको (कटकुवा स्वास्थ्य चौकी) अर्थात कोरोना अस्पतालको नगर प्रमुख देवकुमार सुवेदीले उद्घाटन गरेर संचालनमा ल्याएका हुन्।

कोरोनाको भाइरसको नयाँ भेरियन्ट तिव्ररुपमा फैलिएकोले यसबाट संक्रमितलाई उपचार गराउँन सहज हुने हिसाबले तत्कालको लागि १० बेड अक्सिजन सहितको २५ शय्या कोभिड अस्पतालको आजबाट सुरु गरिएको वीरेन्द्रनगर उप–प्रमुख महोनमाया ढकालले वताइन्।

उक्त कोभिड अस्पताललाई २५ शय्या बाट बढाएर ५० शय्या सम्म पुर्याउँने नगरपालिकाको योजना रहेको छ ।