राष्ट्रियसभा उपचुनावः हेटौँडातर्फ लागे बादल

काठमाडौँ,आगामी जेठ ६ गते हुने उपनिर्वाचनका लागि नेकपा एमालेको तर्फबाट गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले उम्मेदवारी दिने भएका छन् ।

वागमती प्रदेशअन्तर्गत अन्य समूहतर्फको रिक्त एक सिटको राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि उनले उम्मेदवारी दिने भएका हुन् ।

स्थायी कमिटीको अनौपचारिक बैठकपछि गृहमन्त्री थापा उम्मेदवारी दर्ता गर्न हेलिकप्टर चढेर वागमती प्रदेशको राजधानी हेटौंडातर्फ लागेका छन् ।