हामी बटमलाइनमा अडिग छौंः माधवकुमार नेपाल

काठमाडौं,नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले वार्ता र लकचता दुवै अपनाउने बताएका छन्। सामाजिक सञ्जालमा नेता नेपालले एकताबद्ध एमाले चाहेको पनि उल्लेख गरेका छन्।

‘‘वार्ता र लकचकता दुवै अपनाउछौं, तर अहिलेसम्म कुनै सहमति भएको छैन’, नेता नेपालले लेखेका छन्। २ जेठ २०७५ को पार्टी कमिटी, विधान र नेतृत्वको बटम लाइनमा अडिग रहेको पनि नेपालले लेखेका छन्।

‘२०७७ फागुन २८ गते र तत्पश्चात बसेको कथित बैठकहरु र त्यसले गरेका निर्णयहरु फिर्ता लिन पर्छ र २०७५ जेठ २ गतेको कमिटी, विधान र नेतृत्व नै हाम्रो बटमलाइन हो’, उनले लेखेका छन्।अहिले भइरहेको वार्ताबाट भ्रममा नपरी सशक्त पार्टी बनाउने अभियानमा जुट्न पनि नेता नेपालले कार्यकर्ता पंक्तिमा अपिल गरेका छन् ।