उपत्यकामा थप ४८२५ जनामा कोरोना पुष्टि

काठमाडौँ,उपत्यकामा थप ४ हजार ८२५ जनामा कोरोना पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ३ हजार ८ सय ४९ जना, भक्तपुरमा ४ सय ५८ जना र ललितपुरमा ५ सय १८ जना कोरोना संक्रमित भेटिएका हुन्।

पछिल्लो २४ घण्टामा देशभर थप ८ हजार ६५९ जनामा संक्रमण पुष्टि भएको छ ।