चुइगम चपाउँदा १० मिनेटमा १० करोड ब्याक्टेरिया नष्ट

जकल धेरै मानिसमा चुइगम चपाउने बानी हुन्छ। मुखको दुर्गन्ध हटाउन तथा मुखको तलतल मेटाउन चुइगम चपाउने गरिन्छ।तर चुइगम चपाउनु स्वस्थ्यकर हुन्छ त ?बजारमा साधारण मुल्यमा पाइने चुइगम चपाउँदा यसले हाम्रो मुखमा भएका धेरै व्याक्टेरिया तथा रोगको संक्रमण गराउन सक्ने भाइरसलाई मार्दछ।

कतिसम्म भने करिब १० मिनेट मात्र चुइगम चपाउँदा मुखमा भएको १० करोड ब्याक्टेरिया नष्ट हुन्छ।नेदरल्यान्डको युनिभर्सिटी अफ ग्रोनिजनका विशेषज्ञहरूले गरेको एक अनुसन्धान अनुसार चुइगममा मुखको ब्याक्टेरियालाई मुखको खाल्डो र टोड्कोबाट क्याभिटी हटाउने क्षमता हुन्छ। चुइगमलाई दश मिनेटसम्म मात्र चपाउँदा थुकमा हुने तथा मुख भित्रका १० करोड बढी व्याक्टेरिया नष्ट हुन्छन्।

चुइगममा एक प्रकारको लिसो हुन्छ,जसले मुख भित्रका करौडौं व्याक्टेरियालाई चुइगममा टास्ने र सो चुइगम थुक्दा त्यसैमार्फत व्याक्टेरिया शरीरबाट बाहिरीने गर्दछन् । यतिमात्र होइन चुइगम चपाउँदा निलिने थुकबाट समेत मुखका व्याक्टेरिया पेटसम्म पुग्छन् र त्यहाको आद्रताले मर्ने गर्दछन्।तसर्थ चुइगम चपाउनु ब्रस गर्नु जतिकै लाभदायिक छ। एजेन्सीको सहयोगमा।