हामी सत्यनास हुनु नै छ तिमीलाई पनि लिएरै डुब्छौँः रामकुमारी झाँक्री
प्रकासित मिति : २०७८ बैशाख २२, बुधबार १५:३६
प्रकासित समय : १५:३६
काठमाडौं,नेकपा एमाले नेतृ तथा सांसद रामकुमारी झाँक्रीले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई संकेत गर्दै आफूहरुलाई डुबाए ओलीलाई पनि डुबाउने बताएकी छन्।
वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय नेता झाँक्रीले बुधबार सामाजिक सञ्जालमार्फत् ओलीलाई दम्भ,अहङ्कार र जिद्दी छोड्नसमेत आग्रह गरेकी छन्।‘हामी त डुब्छौ नै।हामी सत्यनास हुनु नै छ, तिमीलाई पनि लिएरै डुब्छौँ।
यदी तिम्रो सत्यनास हुनबाट र डुब्नुबाट जोगिनु छ भने किनारा खोज। विचार गर, दम्भ,अहङ्कार र जिद्दी छोड।’ उनले लेखेकी छन्, ‘हिन्दीमा एउटा कहावत छस् हम तो डूबेंगे ही सनम्,आपको भी ले डूबेंगे‘ अगर डुब्नें से बच्ना है तो किनारा ढुढों।’

