राष्ट्रियसभा उपचुनावः एमाले एमालेबीच भिडन्त हुने पक्का
काठमाडौं,प्रतिपक्षी नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले वाग्मती प्रदेशमा हुने राष्ट्रियसभा उपनिर्वाचनमा डा खिमलाल देवकोटालाई साझा उम्मेदवार बनाउने भएका छन्।उपनिर्वाचनमा कांग्रेस,माओवादी केन्द्र,नेकपा एमालेको माधवकुमार नेपाल पक्ष र जनता समाजवादी पार्टी जसपाको उपेन्द्र यादव पक्षले संयुक्त गठबन्धन गरेका छन्।
बुधबार सो गठबन्धनले देवकोटालाई साझा उम्मेदवार बनाउने निर्णय गरेको एक नेताले जानकारी दिएका छन्।बाग्मती प्रदेशमा एक सिटका लागि जेठ ६ गते उपचुनाव हुँदैछ।माओवादी केन्द्रबाट निर्वाचित रामबहादुर थापा बादलले दल त्याग गरेपछि रिक्त भएको राष्ट्रियसभा सदस्य पदमा उपचुनाव हुन लागेको हो।
एमालेको केपी शर्मा ओली पक्षले बादललाई नै उम्मेदवारी बनाउने तयारी गरेको छ।उता, कांग्रेस, माओवादी केन्द्र, एमालेको नेपाल पक्ष र जसपाको यादव पक्षले भने देवकोटालाई साझा उम्मेदवारका रुपमा अघि सार्ने भएका छन् । देवकोटा माधवकुमार नेपाल पक्षीय नेता हुन् ।

