गण्डकीकी प्रदेश प्रमुखले गरिन् पदभार ग्रहण

काठमाडौं,गण्डकी प्रदेशकी नवनियुक्त प्रदेश प्रमुख सीता पौडेलले पदभार ग्रहण गरेकी छिन्।

उनले बुधबार पोखरास्थित प्रदेश प्रमुखको कार्यालयमा पदभार ग्रहण गरेकी हुन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई सोमबार प्रदेश प्रमुख नियुक्त गरेकी थिइन्। उनले सोमबार नै पद तथा गोपनीयताको सपथ लिएकी थिइन्।