प्रधानमन्त्रीविरुद्ध रणनीति तय गर्न विपक्षी नेताहरु छलफलमा

काठमाडौँ,प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध रणनीति तय गर्न विपक्षी गठबन्धनका नेताहरु छलफलमा जुटेका छन्।प्रधानमन्त्री ओलीले संसदबाट विश्वासको मत लिने घोषणा गरेसँगै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमालेकै नेता माधव नेपाल र जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादव सघन छलफलमा जुटेका हुन्।

मंगलवार साँझ देउवासहित छलफल गरेका प्रचण्ड र नेपालले बुधवार जसपाका अध्यक्ष यादवको घरमा छलफल गरेका छन्।माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन आज फिर्ता लिएको छ भने कांग्रेसले पनि प्रधानमन्त्री ओलीलाई विश्वासको मत लिन असफल बनाउने निर्णय गरिसकेको छ। प्रधानमन्त्री ओलीसँग जसपाको यादव भट्टटाई पक्ष र एमालेकै नेपाल पक्ष पनि असन्तुष्ट रहेको छ।

यसैबिच प्रधानमन्त्री केपी शर्मा ओलीले यही वैशाख २७ गते संसद्बाट विश्वासको मत लिन लागेका छन् । तर, प्रधानमन्त्री ओलीलाई विश्वासको मत लिन सहज छैन । तत्काल कायम रहेको सदस्य संख्याको बहुमत नपुगे ओली सरकार ढल्ने छ।

यस्तो छ अंकगणित

२७५ सदस्यीय प्रतिनिधिसभामा हाल २७१ सांसद छन्। संसदको सबभन्दा ठूलो दल एमालेसँग १ सय २१ सिट मात्रै छ। कांग्रेसका ६१ निलम्बनमा रहेका दुई सांसदबाहेक, माओवादी केन्द्रका ४९ र जसपाका ३२ निलम्बनमा रहेका दुई सांसद बाहेक सांसद छन्। राप्रपा, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी र स्वतन्त्र एक९एक सांसद छन्। विश्वासको मत प्राप्त गर्न प्रधानमन्त्री ओलीलाई संसदको बहुमत १ सय ३८ मत आवश्यक पर्छ।