कारोना कहरः लकडाउनमा मजदुरलाई पेट पाल्न सास्ती

गाडी र कार्ड भएका खुलेआम हिड्दै

सुर्खेत,कोभिड-१९ को दोस्रो लहर सुरु भएसंगै देशभरका विभिन्न जिल्लाहरुले निषेधाज्ञाको कहर भोगिरहेका छन्।मजदुरहरुलाई विहान वेलुका के खाने भन्ने प्रश्नले सताउन सुरु गरेको छ।

उनिहरुलाई कारोनाले भन्दा भोकले मर्ने चिन्ताले बढि सताईरहेको छ।सुर्खेतको वीरेन्द्रनगरमा लकडाउनको समय थपेसंगै थप कडाई पारिएको छ।चोक चोकमा ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ।अत्यावश्यक पसल विहान वेलुका समय निर्धारण गरेर खोलिएपनि अरु पसल पुरै वन्दनै देखिन्छन।सडकमा परिचय पत्र र गाडि भएका भने खुलेआम हिडिरहेका छन्। उनिहरुलाई सामान्य चेकजाँच गरेर छोडिएको देखिन्छ। सर्वसाधारण जो पैदल हिडिरहेका हुन्छन उनिहरुलाई भने निषेधाज्ञाको नियम विपरित भन्दै केही समय सास्ती दिन थालिएको छ।

वीरेन्द्रनगर माइती आएकी दिलमाया वि क भेरीगंगा नगरपालिका सतरी घर जान हिडेकी थिईन्।तर उनिसंग न कार्ड नत सवारी साधन थियो अनि उनि प्रहरीको फन्दामा परेको गुनासो सुनाएकी थिईन्।अव कसरी घर पुग्ने साथमा सानो वच्चापनि छ। घरमा खाने पैशा नभएकोले खर्च माग्न दिलमायाले आफु माइती आएको वताईन्।

लकडाउनको विषयमा वीरेन्द्रनगर लाटिकोईली वस्ने विनिता सिंह यसो भन्छिन्। ‘काम गरेर परिवार पाल्ने हामी मजदुरहरु यो लकडाउनमा कसरी वाँच्ने ? पहिलो पटकको लकडाउनमा अलि अलि राहत दिएको थियो। अव त्यो पनि छैन के खाने?भोकले मर्ने वेला आयो।मोटरसाईकल र गाडि ल्याएकाहरु हिडिरहेका छन हामीलाई किन रोक्नुहुन्छ ? के उहाँहरुवाट कारोना सर्दैन ?लकडाउनको असर मजदुरमाथी निकै भारीपरिरहेको छ।यस विषयमा सम्वन्धीत सरोकारवालाले गम्भीर भएर सोच्न जरुरी देखिन्छ।