बैतडी जीप दुर्घटनाः मृत्यु भएका ५ जनाको सनाखत

काठमाडौं,बैतडीको पञ्चेश्वर गाउँपालिकास्थित गणमेश्वर मोडमा जिप दुर्घटना हुँदा चालकसहित ५ जनाको मृत्यु भएको छ।अन्य ५ जना घाइते भएका छन्।

मृत्यु हुनेमा पञ्चेश्वर गाउँपालिका–६ घर भएका जितसिंह भण्डारी,डम्बर सिंह भण्डारी,हिक्मतसिंह भण्डारी,४० वर्षीय दिपक सिंह भण्डारी र जिप चालक दशरथचन्द नगरपालिका–४ घर भएका वर्ष ४५ का तेज बहादुर बोहरा रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले वताएको छ।

चट्याङ लागेर ज्यान गुमाएका पञ्चेश्वर गाउँपालिका–६ का वडा सदस्य गोविन्द भण्डारीको शव लिएर सदरमुकाम आउँदै गरेको से १ ज १८३ नम्बरको जिप दुर्घटना भएको हो । जिप सडकबाट करिब ५ सय मिटर तल खसेको छ ।