उपत्यकाको निषेधाज्ञा २९ गतेसम्म लम्ब्याउने निर्णय

काठमाडौं,काठमाडौं उपत्यकाको निषेधाज्ञा एक साता थप हुने भएको छ।

उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले २९ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो।

साथै पसल खोल्ने समय बिहान ७ देखि ९ बजेसम्म मात्र कायम गरिएको छ ।