माओवादीले केन्द्रः धनुषाका एक मेयर र तीन उपमेयरलाई स्पष्टीकरण

काठमाडौं,नेकपा माओवादी केन्द्रले धनुषाका ४ स्थानीय तहका एक मेयर र ३ जना उपमेयरसँग स्पष्टीकरण सोधेको छ।

धनुषाका विदेह नगरपालिकाका नगर प्रमुख बेचन दास, शहिदनगर नगरपालिकाकी उपमेयर शिलादेवी कापर,सबैला नगरपालिकाकी उपमेयर निलुदेवी कापर र विदेह नगरपालिकाकी उपमेयर निलमदेवी मण्डललाई स्पष्टीकरण सोधेको माओवादी केन्द्रका जिल्ला सचिव दीपक यादवले जानकारी दिए।

माओवादी केन्द्रबाट विजयी भएका उनीहरु सर्वोच्च अदालतको निर्णयपछि एमालेमा सक्रिय भएको भन्दं स्पष्टिकरण सोधिएको हो।‘सर्वोच्च अदालतको निर्णय अनुसार पार्टी पुरानै अवस्थामा फर्केपनि पार्टीको कार्यक्रमहरुमा तपाईंको सहभागिता के कति कारण भइरहेको छैन रु तपाईंले नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० त्याग गरेको हो वा होइन रु तथा तपाईंको आफ्नो स्थानीय तहमा पार्टीको पक्षमा क्रियाशीलता के कति कारणले छैन रु’ स्पष्टिकरण पत्रमा भनिएको छ।