आईपीएल स्थगित

एजेन्सी,ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) टी ट्वान्टी क्रिकेट प्रतियोगिता स्थगित भएको छ।कोरोना भाईरसको संक्रमण बढेसँगै आईपीएल अनिश्चितकालका लागि स्थगित भएको हो।

विभिन्न टिमका खेलाडी र अफिसियललाई कोरोना संक्रमण देखिन थालेपछि बीसीसीआईले प्रतियोगिता अनिश्चितकालका लागि स्थगित गर्ने निर्णय गरेको छ।विभिन्न क्लबका ६ खेलाडीसहित केही कर्मचारीलाई कोरोना संक्रमण भएको छ।

जारी प्रतियोगितामा दिल्ली क्यापिटल्स शीर्ष स्थानमा रहेको छ। दिल्लीले ८ खेलमा १२ अंक जोडेको छ।