सरकारले अष्ट्रेलियाका राजदूतलाई फिर्ता बोलायो

काठमाडौं,सरकारले अष्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहाललाई फिर्ता बोलाएको छ।आइतबार बसेको मन्त्रिपरिषद बैठकले दाहाललाई फिर्ता बोलाउने निर्णय गरेको हो।

दाहाललाई मुख्य सचिव शंकरदास बैरागीले सो निर्णयबारे जानकारी गराएका थिए।

उनलाई गत वर्ष जेठ २५ गते सरकारले राजदूत सिफारिस गरेको थियो। दाहाल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कोटामा राजदूत बनेका हुन्।