ललितपुरका सिडिओलाई कोरोना पुष्टि

काठमाडौं,ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलालाई कोरोना पुष्टि भएको छ।

तीन दिनअघि स्टार अस्पतालमा गरिएको पीसीआर परीक्षणमा आफ्नो रिपोर्ट पोजेटिभ आएको उनले जानकारी दिएका छन्।

प्रजिअ निरौलाले भने, ‘अहिले मेरो स्वास्थ्य अवस्था सामान्य नै छ । जिल्ला प्रशासन कार्यालयकै क्वाटर आइसोलेसनमा बसेर प्रविधिको प्रयोग गरी महामारीविरुद्धको अभियानमा सक्रिय छु ।’